stcnepal long ad
global ime bank long

नयाँ वर्षमा अन्तरिक्षमा भिडभाड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मस्को। नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउन गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलो पटक ‘भिड’ बढेकोे रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ ।

यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो । सन् २०२२ को पहिलो दिन १० अन्तरिक्षयात्रीले पृथ्वीको कक्ष घुमेका थिए ।

सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए ।,’ रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।

‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो,’ सो निकायले अगाडि भनेको छ ।

रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्षयात्रीले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन नयाँ वर्षमा अन्तरिक्षमा भिडभड आइएसएसनयाँ वर्षमा अन्तरिक्षमा भिडभा मा नयाँ वर्षको ‘इभ’ मनाएका छन् ।

रसियाली अन्तरिक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरिक्षमा मनाएका छन् । यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरिक्षमा पुग्ने गरेका थिए । न्युज एजेन्सी

IME Lifesidebar
kumari