प्रभु बैंकको साधारण सभा सुरू
काठमाडौं । लाभांश पारित मुख्य अजेन्डा सहित प्रभु बैंक लिमिटेडको आज पुस १८ गते आफ्नो वार्षिक साधारण सभा सुरू भएको छ। प्रभु बैंकको २० औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरू भएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति वा खरिद गर्नेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने भएको छ।
सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले गत पुस ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।
यसको मतलब पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।























