एनएमबि र हिमालय दृश्य होटल बीच ३० प्रतिशत छुट सम्झौता
काठमाडौं । एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच छुट सम्झौता भएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीलाई हिमालय दृश्य होटेलले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटका लागी सहकार्य गरेको जनाएको छ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटस म्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको ‘एनएमबि भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।






















