stcnepal long ad
global ime bank long

भारू ३ करोड माथिको सामान आयात गर्दा एलसी खोल्नपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दै वस्तु आयात गर्दा भारुमा खोलिने प्रतीतपत्र (एलसी) को सीमा घटाएको छ ।

राष्ट्र बैंकले आज पुस १६ गते शुक्रबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै आयातमा कडाइ गरेको छ। अब भारु ३ करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यसरी एलसी, ड्राफ्ट वा टीटीका माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्ने र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था गरिएको छ। उल्लिखित धरौटी रकम भने लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ(संस्थाले भारतस्थित नियोग, संघ–संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारु ३ लाखसम्मको सटही सुविधा वाणिज्य बैंकहरुबाट प्रदान गर्न सकिने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको जनाएको छ।

IME Lifesidebar
kumari