citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

मध्य भोटेकोशीको सेयर पुस ११ गते आइतबारबाट कारोबारमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर यही पुस ११ गते आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको छ।

यो कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै सेयर कारोबार आइतबारबाट हुने भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि पुस ९ गते शुक्रबार कारोबार नहुने भएकोले आइतबारबाट कारोबार हुने भएको हो।

नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ६ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, कर्मचारी सञ्चकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता रहेको छ। नेप्सेले मध्य भोटेकोसीलाई ‘एमबीजेसी’ कारोबार संकेत प्रदान गरेको छ।

यसैगरी पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार आउनेछ।

IME Life
kumari