citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

नेपाल राष्ट्र बैंकद्धारा सिक्का छपाइका लागि प्रारम्भिक चरणमा ९ विदेशी कम्पनी छनोट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्काको डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि प्रारम्भिक चरणमा ९ वटा विदेशी कम्पनी छनोट गरेको जनाएको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै प्रारम्भिक चरणमा ९ वटा विदेशी कम्पनी छनोट गरिएको जानकारी गराएको छ। केन्द्रीय बैंकले गत सेप्टेम्बर १६ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरु मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरिएको जनाएको छ।

प्रारम्भिक चरणको छनोट परेका कम्पनीहरुमा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (चीन), मिनिका पोलस्का एसए (पोल्यान्ड), मिनकोभिना क्रिमिनिका स्ट्याट्नी पोडनिक (स्लोभाकिया), मिन्ट अफ फिनल्यान्ड (फिनल्यान्ड), रियल कासा डी ला मोनिडा (स्पेन), रोयल क्यानडियन मिन्ट (क्यानडा), रोयल डच मिन्ट दि नेदरल्यान्डस्, सेकुरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन आफ इन्डिया लिमिटेड (भारत) र दि रोयल मिन्ट लिमिटेड (बेलायत) रहेका छन्।

अब यी कम्पनीहरुबाट राष्ट्र बैंकले एउटा कम्पनीलाई छनोट गरी सिक्काको डिजाइन, छपाइ तथा वितरणको जिम्मा दिने जनाएको छ।

IME Life
kumari