citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

मञ्जुश्री फाइनान्सले बम्पर लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको गत पुस ७ गते बुधबार बसेको बैठकले वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट हुने जनाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश(करसहित) रहेका छन्।

बोनस सेयर जारीपछि कम्पनीको अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari