citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  (निफ्रा)  को आठौँ वार्षिक साधारण सभा  २०८३ असोज २३ गते शुक्रबारका सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष  महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती,.श्री मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त साधारण सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आर्थिक वर्षको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराउनु भएको थियो ।

उक्त  साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

आदरणीय शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको आजको साधारण सभामा शेयरधनी महानुभावहरुले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा बैंक भित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा विशेष जोड दिदै अ–आफ्ना भनाईसुझावहरु राख्नुभएको थियो ।

सो साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको थियो ।

 

IME Life
kumari