stcnepal long ad
ime life insurance
national life
global ime bank long

पोखरा फाइनान्सद्वारा लाभांश प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस १ गते बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँको कुल ८.४९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ८.०७५ प्रतिशतले हुन आउने ७ करोड ७७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको बोनस सेयर र ०.४२५ प्रतिशतले हुन आउने ४० लाख ९३ हजार ३७० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari