citizens life insurance long ad
stcnepal long ad

सेयर बजारको आज पनि ओरालो यात्रा १ लगानीकर्ताले थाले ‘नो भोट’ अभियान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार आज मंसिर २२ गते बुधबार पनि ओरालो लागेको छ। बजार आज ५३.१० अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २४५५.८० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३४ अंकले घटेर ४६४.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ।

बजार लगातार घटिरहँदा पनि सरकार मुकदर्शक बनेको लगानीकर्ताहरुले आरोप लगाएका छन्। पुँजीबजारलाई नकारात्मक असर पार्ने नीतिगत व्यवस्थामा परिमार्जन नगरी नियामक निकाय चुपचाप भन्दै विरोधस्वरुप लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत ‘नो भोट’ अभियान थालेका छन्।

विशेषगरी फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताहरुले यो अभियान थालेका हुन्। पुँजीबजार विरोधीहरुलाई आगामी चुनावमा नो भोट १ ४५ लाख लगानीकर्ताको आवाज भन्दै यो अभियान तीव्र पारेका छन्।

सेयर बजारमा लगानीकर्ताको मनोबल गिर्नुले नै बजार लगातार घटिरहेको बताउँछ। सरकारबाट अपेक्षा गरेजस्तो भएको छैन। बजारलाई घटाउन सरकार, नियामक निकाय र ठूला खेलाडीहरु लागेजस्तो देखिन्छ।

पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराउन अर्थ मन्त्री जनार्दन शर्मालाई भेट्न कोसिस गर्दा पनि समय नदिएको छैन । लगानीकर्ता अत्तालिएको अवस्था छ तर सरकार र नियामक निकाय ढुक्क भएर मुकदर्शक बनेका छन् ।

बजारमा सुधार ल्याउन अविलम्बन रुपमा सेबोन र नेप्सेमा प्रमुख नियुक्ति गरिनुपर्दछ। बजार सुधारका लागि केही न केही सम्भावना हुन आवश्यक छ।

सक्रिय लगानीकर्ताहरू पुँजीबजारप्रति सरकारको बुझाइ गलत हुनुले नै बजार प्रभावित भइरहेको बताइ रहेका छन्। बजारमा देखिएको नकारात्मक प्रभावलाई समाधान गर्ने निकाय भनेको सेबोन र नेप्से नै हो। तर ती दुवै निकाय नेतृत्वविहीन छन्।

यिनै कारणले बजार दैनिक नकारात्मक बनेको छ, सरकार र नियामकले आमजनताको लगानी सुरक्षित गर्ने हो भने तुरुन्त बजारलाई प्रभाव पारेका नीतिगत व्यवस्थामा परिमार्जन गर्न जरुरी छ।

अहिलेको अवस्थामा ऋण लिएर बजार प्रवेश नगर्न लगानीकर्ताहरूले सुझाव दिइरहेका छन्। आफूसँग पैसा छ भने मात्र राम्रा कम्पनीहरुमा लगानी गर्नुहोस्, लगानी गर्ने अवस्था छ तर जोखिम पनि बढ्दै गइरहेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समयमा रातो पोतिएको छ। आज व्यापार समूह सर्वाधिक ३।७३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.३१ प्रतिशतले घटेको छ।

आज वित्त समूहमा ३.३ प्रतिशत, बैंकिङ समूहमा १.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५ प्रतिशत, जलविद्युत समूहमा ३.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१२ प्रतिशत, उत्पादन तथा प्रशोधनमा २.९१ प्रतिशत, अन्य समूहमा १.१५ प्रतिशत, लघुवित्त समूहमा २.५९ प्रतिशत, जीवन बीमा समूहमा २.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७५ प्रतिशत र लगानी समूहमा २.४८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा किनबेच भएका छन्।

आज नेसनल हाइड्रोपावरको सर्वाधिक ११ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको पनि १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज हिमालयन डिस्टिलरीको ९ करोड ४५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७९ लाख रुपैयाँ, अरुण काबेली पावरको ७ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ५८ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ६ करोड ५३ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको पाइएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज स्ट्यान्डर्ड चार्टर्ड बैंक र मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यी दुवैको सेयरभाउ २ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। नरोत्तम सुबेदीबाट

IME Life
kumari