citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

१५ लाख डोज मोडर्ना खोप बिहीबार नेपाल आइपुग्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले भोलि १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो ।भोलि आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज बुधबार छ लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुग्दै छ । वरिष्ठ फार्मेसी अधिकृत डा. थापाले बुधबार दिउँसो २ बजेर ३५ मिनेटमा कोभिशिल्ड खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

himalayan life insurance
igi long