stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गणपति लघुवित्तले बोलायो साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस १७ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ह्राइटहाउस पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेका छन्।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आगामी पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

prabhu mahalaxmi
kumari