stcnepal long ad
global ime bank long

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइएको कम्पनीले जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय भक्तपुरको लोकन्थलीमा लिखित जानकारी गराउनु पर्नेछ।

कम्पनीले तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद सम्बन्धी कुनै आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सर्वसाधारणमा शेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ।

IME Lifesidebar
kumari