stcnepal long ad
global ime bank long

एनआईबिएल सहभागिता फन्डका इकाइहरु अब विद्युतीय प्रणालीमार्फत बिक्री गर्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ (खुलामुखी योजना) का इकाइहरु अब इकाइधनीहरुले विद्युतीय प्रणालीमार्फत खरिद गर्न पाउने भएका छन्।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटका माध्यमद्वारा आमलगानीकर्ताहरुमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरुको व्यवस्था गर्दै आइरहेको थियो।

क्यापिटलले अबोप्रान्त यस योजनाका इकाइधनीहरुले हिजो मंसिर १९ गते आइतबारबाट सोही विद्युतीय प्रणालीमार्फत इकाइहरुको बिक्री गर्न सक्ने जानकारी गराएको छ।

थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय ९फोन नम्बरस् ०१–४४२५२८०० मा सम्पर्क गर्न सकिने बताइएको छ।

IME Lifesidebar
kumari