stcnepal long ad
ime life insurance
global ime bank long

नाडामा चुनावी सरगर्मी,अध्यक्षमा करण र ध्रुवको प्रतिस्पर्धा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नयाँ नेतृत्व छनोटका लागि चुनावको तयारीमा छ । नाडा व्यवासायीद्वय करण चौधरी र ध्रुव थापाले आ–आफ्ना प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसपालीको नाडाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने व्यवसायीहरू बताउँछन् । ठूला घरानाका व्यवसायीहरू दुईतिर बाँडिएपछि चुनाव रोचक र निकै प्रतिस्पर्धी बन्ने देखिएको छ ।

नाडाको भावी अध्यक्षको प्रतिस्पर्धी करण चौधरी सुजुकी नेपालको आधिकारिक विक्रेता तथा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् ।

अर्का अध्यक्षका प्रतिस्पर्धी ध्रुव थापा फोर्स मोटर्स नेपालको आधिकारिक विक्रेता हुन् । ठूलो व्यवसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायीहरू छन् ।

थापालाई साना व्यवसायीहरूको साथ छ । दुवै टिम अहिले चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा रहेका छन् ।

नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन मंसिर २२ र २३ गते हुँदैछ । निर्वाचनमा करिब ३१ सय मतदाता छन्। जसले विभिन्न पदमा १७ जनालाई मतदान गर्नेछन् ।

त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिको लागि तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार(प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए ।

चौधरी आफ्नै नेटर्वक भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था रहेको छ । चौधरीलाई ठूलादेखि साना व्यवसायीको साथ रहेको छ । दुईपांग्रेमा यामाहा, हिरो, होन्डा लगायत ठूला विक्रेता चौधरीको प्यानलबाट उम्मेदवार बनेका छन् ।

हाल नाडामा रहेका धेरै पदाधिकारीहरूले पनि चौधरीलाई सहयोग गरिरहेका छन् । सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी लगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । टाटा कम्पनीका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाएका छन् ।

यी हुन् चौधरीको प्यानलका उम्मेदवार
अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, बरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती र मिलनबाबु मल्ल, वर्ण न्यौपाने, देवराज भण्डारी

थापाको पक्षमा को–को ?

अध्यक्षका प्रत्यासी ध्रुव थापाले मोफसलबाट व्यवसाय गर्दै आएका छन् । उनलाई पनि सानादेखि ठूला व्यवसायीको साथ र समर्थन रहेको छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनका प्यानमला छन् । उनी फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् ।

रिकन्डिसनका अध्यक्ष बीएन पाठक, सत्यदिप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको टिममा समेटिएका छन् ।
थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन रहेको छ । उनी पनि पोखरा नै बसेर व्यवसाय गर्ने भएकाले पनि साथ पाएका हुन् ।

थापाको प्यानलबाट उम्मेदवार
आकाश गोल्छा, दीपक अग्रवाल, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, र शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाह सिग्देल, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, रिद्दि कार्की, सगुन बिएस् कंसाकार र सञ्जयकुमार खेतान रहेका छन्।

prabhu mahalaxmi
kumari