सान्जेन जलविद्युतको साधारणसभा पुस १३ गते
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभा पुस १३ गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।
सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन अनुमोदन गर्ने छ।
गत आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ। सोही कारण कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।
सभा प्रयोजनका लागि आगामी पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुने छन्।























