stcnepal long ad
global ime bank long

नबिल बैंकद्वारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले कालिकोटको अति दुर्गम पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरेका छन। कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले प्रकाश पारेका थिए।

अन्तक्रियाका दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएका थिए। कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको थियो।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो। कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको जनाएको छ।

 

IME Lifesidebar
kumari