stcnepal long ad
global ime bank long

नेसनल हाइड्रोपावरको नाफामा उछाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । प्रकाशित वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीको नाफामा उछाल आएको छ ।

गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५८ करोड ७४ लाख रुपैयाँ पुगेको जनाएको छ। यो हिसाबले कम्पनीको नाफा ५६ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको देखिन्छ।

यसअवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३५ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युती बिक्रीबाट ६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो। चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २३ करोड २२ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ३८ करोड १० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.७६ रुपैयाँ रहेको छ । पीई रेसियो १०.४६ गुणा रहेको छ। तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानीमध्ये ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेकोले कम्पनीको नाफा बढेको हो ।

सरकारले ४.५ मेगावाट क्षमताको यो आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धा गराइ बोलकबोलका माध्यमबाट प्रदान गर्ने नीति लिई गराएको प्रतिस्पर्धामा प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको विद्युत विकास विभागले गत कात्तिक २८ मा यो कम्पनीलाई उक्त अनुमतिपत्र उपलब्ध गराएको छ।

IME Lifesidebar
kumari