citizens life insurance long ad
stcnepal long ad

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ३६८.४२ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपति आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari