citizens life insurance long ad
stcnepal long ad

अविता आफ्नो फास्ट–फर्वार्ड ल्यापटप सिरिजका साथ नेपालमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिका, हङकङ, सिंगापुर, ताइवान, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया, भारतजस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्ड सहित व्यापार विस्तार गर्ने भएको छ।

अविताले बजारमा एक अतुलनीय तर निर्वाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ। यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरुसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहनाअनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेषगरी जीवन्त रङमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृंखलाहरु ल्याएको छ। यो ब्रान्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

यो ब्रान्डको ‘एसेन्सियल’, ‘म्यागस २–इन–१’ र ‘प्युरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१–‘लाइवर भी १४’ ल्यापटप शृंखलाले नेपालको बजारलाई उत्साहित गर्नेछ।

सबै अविताका उत्पादनहरु २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँदछ । नेक्स्टजिओ कम्पनी लिमिटेडका सीईओ र सहसंस्थापक एलेक्स चुङले आफ्नो विचार साझा गर्दै भने, ‘हामी अन्ततः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौँ।’

उदघाटन समारोहमा अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले भनिन्, ‘अविताका नयाँ ल्यापटप शृंखलालार्ई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ।

हामी विशिष्ट सिरीजका ल्यापटपहरु ल्याउनेछौँ जसले ग्राहकमा बढ्दो माग सिर्जन गर्नेछ। एउटा अन्तर्राष्ट्रिय टेक ब्रान्ड रहनुका कारण हामी ल्यापटप खरीदकर्ताहरुका लागि एक शीर्ष छनौट बन्ने र आफ्नो हर क्षमता अनुसार सेवा प्रदान गर्न तत्पर छौँ।’

आफ्नो आदर्श नारा ‘विशालहरुले जे गर्न सक्दैनन्, त्यही गर्नुहोस्’ का साथ नेक्स्टजिओ २०१६ देखि आधुनिक कर्पोरेट लिडरहरुका लागि प्रायोगिक प्राविधिक समाधानहरु ल्याउनमा केन्द्रित छ। यस कम्पनीले उत्कृष्ट डिजाइन गर्न मानव उन्मुख दृष्टिकोण प्रयोग गरी कार्य, प्रविधि र सौन्दर्यशास्त्रको हरेक सीमिततालाई चुनौती दिएको छ।

नेक्स्टजिओ आफ्ना विभिन्न उत्पादन पीसी, स्मार्ट होम, क्ष्यत्, आर्टिफिसियल इन्टेलिजेन्स र कर्पोरेट समाधानहरु समावेश गर्ने फराकिलो उत्पादन दायरा प्रस्तुत गरी प्रविधिमा नयाँ क्रान्तिकारी अनुभवहरु ल्याउन प्रतिबद्ध छ।

अवितामा हरेक व्यक्तिको आश्चर्यता र शक्तिमा विश्वास गर्दछ। यसका प्रिमियम टेक्नोलोजीका उत्पादनहरु मुख्य तीन शूत्रहरुमा आधारित छन्– स्वतन्त्रता, विविधता र व्यक्तिवाद। यहाँ व्यक्तिगत विचार, जोश, शैली र अद्वितीय छविले प्रेरित गरेको छ ।

टेक्नोलोजीको छनौटले व्यक्तिलाई परिभाषित गर्नु भन्दा पनि व्यक्तिलाई प्रतिबिम्बित गर्नुपर्ने धारणा यस कम्पनीमा रहेको छ। ब्रान्डको ट्यागलाइन ‘लिभ इट अप’ ट्यागलाइनमा मात्र सीमित नभई कम्पनीको आचरण र कम्पनीको डिएनएको अंश नै रहेको दावी गरिएको छ।

नेक्स्टजिओ कम्पनीले सन् २०१८ जुन ४ मा भीएआईओ कर्पोरेसनद्वारा एशिया महादेशको व्यापार निरीक्षण गर्न इजाजत दिइएको छ । यो इजाजतपत्रमा भीएआईओे ल्यापटपहरुको उत्पादन, बिक्री र मार्केटिङका साथै सर्भिसिङ गर्न पाउने सम्झौता समावेश छ।

हालसम्म हङकङ, भारत, मकाउ, मलेसिया, एमईए, सिंगापुर र ताइवान बजारमा भीएआईओ उत्पादनहरु छन्।

IME Life
kumari