citizens life insurance long ad
stcnepal long ad

एनएमबी बैंकले २६ औँ वार्षिक साधारणसभा पुस २२ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारण सभा आगामी पुस २२ गते आह्वान गरेको छ । बैंक सञ्चालक समितिको गत सोमबार दिउँसो बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको जनाएको छ ।

बैठकले बैंकको वार्षिक साधारण सभा आगामी पुस २२ गते आयोजना गर्ने र सभामा लैजाने एजेन्डाहरु तय गरेको जनाएको छ।

सभाले विशेष प्रस्तावका रुपमा पेस गरिने गत आर्थिक वर्षका लागि घोषित कुल १५।८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतशत नगद लाभांश ९करसहित० रहेका छन्।

सोही सभामा प्रस्तुत गरिने बैंकको वर्तमान जारी पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँलाई वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९।२४ रुपैयाँ पुर्याउने मुख्य एजेन्डा पनि पारित हुनेछ।

बोनस सेयर जारीपश्चात बैंकको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुरुप प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने बताइएको छ।

IME Life
kumari