citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया बैंक सबै भन्दा अब्बल बैंक

एनआईसी एशिया बैंकका निकटतम प्रतिष्पर्धी बैंकहरुले पनि यो बैंकले उत्कृष्ट बन्नका लागि गरेका प्रयत्नको लेखाजोखा गर्न र अन्य बैंकहरुले समेत यसको सिको गर्न थालेका छन् ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विद्यमान २७ वटा वाणिज्य बैंकहरू मध्ये एनआईसी एशिया बैंक  ‘नम्बर वान’ बन्न पुगेको छ। नम्बर वान बन्नुका पछाडि धेरै मेहनत र कारणहरू रहेका छन ।

एनआईसी एशिया बैंकका निकटतम प्रतिष्पर्धी बैंकहरुले पनि यो बैंकले उत्कृष्ट बन्नका लागि गरेका प्रयत्नको लेखाजोखा गर्न र अन्य बैंकहरुले समेत यसको सिको गर्न थालेका छन् ।

आक्रामक व्यवसाय बिस्तारमा लागेको बेला एनआईसी एशिया बैंकका बारे नकारात्मक प्रचार गर्नेहरु नै अहिले यसको सबल पक्ष केलाउन थालेका छन् । रसुवाको सामान्य परिवारमा जन्मिएका रोशन कुमार न्यौपाने ३८ वर्षमै एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) बनेका थिए।

त्यसबेला एलिट बैंकरहरू नै भन्थे– ‘रोशन अन म्याच्योर छन्, बैंक चलाउन सक्दैनन् । कहाँ लगेर डुबाउँछन् अनि समग्र बैंकिङ प्रणालीले नै त्यसको असर भोग्नुपर्छ ।’ तर, परिस्थिति उल्टो भइदियो । कसैले नपत्याएका रोशनको नेतृत्वमा छोटो समयमै धेरैवटा सूचकमा एनआइसी एशिया बैंक नम्बर वान बन्न सफल भयो ।

किनभने रोशनले एलिट बैंकरको जस्तो परम्परागत शैलीमा काम गरेनन् । प्रष्ट रणनीति बनाएर त्यसलाई ‘बिहान सबेरैदेखि राति अबेरसम्म कार्यान्वयनमा तल्लिन रहिरहे । धेरैले एनआइसी एशिया बैंकलाई आक्रामकमात्रै भयो भनिरहे ।

तर, यो बैंक आक्रामकमात्रै भएन,अरु वाणिज्य बैंकहरु ठूला र कर्पोरेटमा लुछाचँडी गरिरहँदा यो बैंकले भने साना तथा मझौला उद्यमी कर्जा (एसएमई) मा जोड दियो । फलस्वरुप अहिले यो बैंक साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंक भन्दा अग्रस्थानमा रहन सफल भएको छ ।

कर्मचारीको सामूहिक प्रयासले एनआइसी एशिया उत्कृष्ट हुन पुगेको हो । खासगरी बैंकको नेतृत्वमा रोशन कुमार न्यौपानेको प्रवेश भएपछि कम्पनीले व्यवसायिकरुपमा राम्रो फड्को मार्न पुगेको छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका न्यौपाने देशका २७ वटा वाणिज्य बैंकहरुका सीइओमध्ये उमेर र नियुक्तिको समयका हिसाबले समेत सबैभन्दा कनिष्ट हुन् ।

यो बैंकको कुल कर्जामा ५ करोड रुपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश सबैभन्दा बढी छ । यस्तो कर्जाले कर्जा जोखिम कम गर्छ र निष्कृय कर्जा कम बनाउँछ । एनआईसी एशिया बैंकले निष्कृय कर्जालाई चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राखेको छ । ठूला ऋणीहरु ठूलै मान्छे हुन्छन् ।

उनीहरुको पहुँच पनि ठूलैसँग हुन्छ । शक्तिको आडमा ठूला ऋणीले वर्षौंसम्म बैंकलाई झुलाएर अन्तिममा नेगोसिएसन गर्न खोज्छन् । जसले बैंकको असूलीलाई प्रभावित बनाउने गर्दछ ।

उदाहरणका रुपमा राष्ट्रिय वाणिज्य बैंक लि. ले कालोसूचीमा राखेका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाललाई लिन सकिन्छ । ढकालले १७ वर्ष अघि लिएको ३२ करोड रुपैयाँको सावाँब्याज नतिरेको १० वर्ष बित्दा पनि बैंकले उक्त ऋण असूल गर्न सकेको छैन ।

तर, साना ऋणीहरुबाट कर्जा असूली गर्न धेरै सजिलो हुन्छ । साना ऋणीहरु आफ्नो इज्जत बचाउनकै लागि भएपनि बैंकको कालोसूचीमा पर्न चाहँदैनन् । कुनै पनि बैंकले कति कर्जा प्रवाह गर्यो भन्नुभन्दा पनि कस्ता व्यक्तिलाई कर्जा दियो रु र, कर्जा असूलीको अवस्था कस्तो छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ ।

यश बैंकले कर्जा लगानीमात्र होइन, निक्षेपतर्फ पनि स(साना एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अबलम्बन गरेको छ । बैंकले अबलम्बन गरेको यही नीतिलाई अन्य बैंकले पनि पछ्याउन थालेका छन् । त्यसैगरी यो बैंक शाखा सञ्जालमा पनि सबैभन्दा ठूलो बैंक हो । देशभर यस बैंकका ३५८ शाखा रहेका छन् । गाउँ–गाँउमा वित्तीय पहुँच पुर्याउन महत्वपूर्ण भूमिका मात्रै खेलेको छैन, सिरानीमुनीको रकमसमेत बैंकिङ्ग प्रणालीमा ल्याउने काम गरेको छ । बैंकको यही सबल पक्षलाई अहिले अन्य बैंकले पनि पछ्याइरहेका छन् ।

एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण प्रवाह गर्दा त्यस्तो रकम असुली हुन सकेन भने खराब कर्जा बढ्ने र त्यसले नाफामा समेत प्रभावित पार्ने हुँदा यो बैंक त्यसतर्फ सचेत भएको देखिन्छ । अन्य बैंकले एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण दिँदा खराब कर्जा बढ्न पुगेको देखिन्छ ।

एनआइसी एशिया बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा बिस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा देशमा अन्य वाणिज्य बैंकभन्दा यो बैंक अग्रस्थानमा रहेको पाइन्छ ।

त्यसैगरी एनआईसी एशिया बैंकले उच्च क्षमताको जनशक्ति तयार गर्दै आगाडि बढेका कारण बैंक नम्बर वान बन्न पुगेको सुत्र अन्य बैंकलाई पनि थाहा भइसकेको छ ।

एनआईसी एशिया बैंक प्रमुख कार्यकारी अधिकृतदेखि धेरैजसो कर्मचारी चार्टर्ड एकाउन्टेन्ट ब्यागग्राउन्डबाट आएका छन् । चार्टर्ड एकाउन्टेन्ट ज्यादै मेहनेती र नयाँ रणनीति लिएर काम गर्न सक्ने हुन्छन् । त्यो कुराको महशुस नबिल बैंकले पनि गर्न थालेको छ । नबिल बैंकले चार्टर्ड एकाउन्टेन्ट समेत रहेका मनोज ज्ञवालीलाई लगेर छोटो समयमै प्रमोशन गरेको कुराले पनि पुष्टि गर्छ ।

नबिल बैंकले मात्रै होइन्, एकताका निकै अब्बल दर्जामा उभिएको एभरेष्ट बैंकमा पनि चार्टर्ड एकाउन्टेन्ट समेत रहेका लक्ष्मी बैंकका अनुभवी सुदेश खालिङ्गलाई सीइओ बनाएको छ ।

२४ वर्षदेखिको अनवरत यात्राको फलस्वरुप आज एनआईसी एशिया बैंक लि। देशकै सबैभन्दा ठूलो एवम् सबैभन्दा सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे अनुभव छ।

अधिकांश प्रमुख वित्तीय एवं गैरवित्तीय परिसूचकमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। नेपालको वित्तीय क्षेत्रमा आज एनआईसी जहाँ छ, जे छ र जस्तो आकारका छ, त्यसको सम्पूर्ण श्रेय स्वभाविकरुपमा ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी र कर्मचारीलाई नै जान्छ । साथै भविष्यमा अझ उन्नतस्तरको बैंक, सबैले गर्व गर्न सक्ने बैंक र सबैको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ काम गरिरहेको पनि छ ।

IME Life
kumari