stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्पेनका सहर र काठमाडौँ महानगरमा नागरिक सम्बन्ध स्थापनाको प्रयास हुँदैछ–प्रमुख शाक्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्पेनका सहर र काठमाडौँ महानगरका नागरिक तहमा सम्बन्ध स्थापना प्रयास भइरहेको बताउनुभएको छ ।

सन् २०१८ फेव्रुवरी २६ तारिखका दिन स्पेनको मेड्रिड सहर र काठमाडौँ महानगरविच भगिनी सम्बन्ध स्थापना भइसकेको छ । हामी आपसी सम्बन्धलाई दिगो बनाउन र नागरिक स्तरमा पु¥याउन पूर्वाधार विकास, सम्पदा, खेलकुद र पर्यटनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।

प्रमुख शाक्यले स्पेनको एक्स्ट्रेमडुरा एसेम्ब्लीका सभामुख ब्लान्का मार्टिन देलगाडा नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा प्रमुख शाक्यले यस्तो धारणा राख्नुभएको हो ।

प्रतिनिधि मण्डलको सम्मानमा महानगरले आयोजना गरेको रात्री भोजमा उहाँहरुविच शिष्टाचार भेट भएको थियो ।

‘कोविड महामारीका समयमा पनि स्पेनमा लुम्बिनी गार्डेन फाउन्डेसन स्थापना गरेर बुद्धिस्ट सेन्टरमार्फन बुद्धले अघि सारेको शान्ति, भातृत्व र एकताको सन्देश प्रवर्धन गर्ने योजनाले दूरगामी महत्व राख्छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘यस्ता योजनाले सांस्कृतिक तथा सामाजिक विकास, कला कौशल, शिक्षा, पर्यटन क्षेत्रको प्रवर्धनमा मद्दत पुग्नेछ ।’

त्यस क्रममा एक्स्ट्रेमडुराका सभामुख देलगाडाले गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्न पाएर आफू उर्जाशील भएको उल्लेख गर्नुभयो । त्यसै गरी सिटी काउन्सिलका केयर जुलियानले, काठमाडौँको भ्रमण गर्दा आफू खुल्ला संग्रहालयमा रहेको महसुस भएको बताउनुभयो । यसलाई आफ्नो नगरमा प्रवर्धन गरिने उहाँको भनाइ थियो ।

भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, लुम्बिनी नगरका प्रमुख मनमोहन चौधरी सहितका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलाकाअनुसार स्पेनिस प्रतिनिधि मण्डलमा कासेरेट प्रदेश सभाका अध्यक्ष कार्लोस कार्लोस रोडरिगज, कासेरेट सिटी काउन्सिलका मेयर लुइस सालया जुलियानसहितका अधिकारी सहभागी हुनुहुन्छ । कार्तिक ११ गते नेपाल आइ पुगेको प्रतिनिधि मण्डलले स्वयम्भू र बौद्धको अवलोकन भ्रमण गरेको थियो ।

prabhu mahalaxmi
kumari