stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईबिएलको धनतेरस चाँदीको सिक्का योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फन्ड खुलामुखी योजनाले यस वर्षको धनतेरसका अवसरमा लगानीकर्तालाई नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फन्डमा लगानी गरी चाँदीको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ।

सो योजना अन्तर्गत धनतेरसको दिन एनआईबिएल सहभागिता फन्डमा लगानी गरेका योग्य सहभागीहरुबाट गोलाप्रथा द्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ। सोको विजेता घोषणा फेसबुक लाइभमार्फत गरिने जनाएको छ।

अनलाइन प्रणालीबाट समेत इकाइ खरिद गर्न मिल्ने यस फन्डले कात्तिक १६ का लागि कारोबारको समय पनि ३ घन्टाले थप गरी बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म इकाइहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

लगानीका लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाइ खरिद गरी लगानीको शुभारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ।

prabhu mahalaxmi
kumari