stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तिहारमा मर्चेन्ट बैंकहरुको ‘चाँदीको सिक्का’ उपहार योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुनै पनि सूचीकृत कम्पनी तथा म्युचुअल फन्डका धितोपत्र कारोबारमा लगानीकर्तालाई आकर्षित गर्न उपहार जन्य कार्यक्रम ल्याउन पाइँदैन । तर केही मर्चेन्ट बैंकहरुले तिहारको धनतेरसका अवसरमा विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेका छन् ।

जसमा इकाइ खरिददेखि पोर्टफोलियो व्यवस्थापन सेवासम्ममा सहभागी हुने लगानीकर्तालाई उपहारस्वरुप १० ग्राम चाँदीको सिक्का उपलब्ध गराउने भन्दै विज्ञापन तथा सूचना सार्वजनिक गरेका छन्।

केही मर्चेन्ट बैंकहरुले तिहारको धनतेरसका अवसरमा सार्वजनिक गरेका यस्ता उपहार योजना विवादमा परेका छन् । व्यापार विस्तारका नाममा मर्चेन्ट बैंकहरुले धितोपत्र कारोबारलाई प्रभावित गर्ने गरी र लगानीकर्तालाई आकर्षित गर्न यसरी उपहार योजना ल्याउन नमिल्ने र धितोपत्र कारोबार नियम अनुसार यो गैरकानुनी हुने बताएका छन् ।

यसले धितोपत्र बजारमा अस्वच्छ प्रतिस्पर्धा बढ्ने र विकृति मौलाउने प्रतिक्रिया आएका छन् । यस्ता गतिविधि रोक्न नियामकबाट अनुसन्धानसँगै उचित कदम चाल्नुपर्ने कुरा उठेको छ।

धनतेरसको उपलक्ष्यमा नबिल इन्भेस्टमेन्ट बैंकिङले पोर्टफोलियो व्यवस्थापन सेवा लिन चाहने लगानीकर्तालाई १० ग्राम चाँदीको सिक्का उपलब्ध गराउने योजना ल्याएको छ। यो योजनामा कात्तिक १७ गतेसम्म सहभागी हुन सक्ने भन्दै आफ्नो फेसबुक पेजमा विज्ञापनसमेत गरेको छ।

यसैगरी अर्को एनआईबीएल मर्चेन्ट बैंकले म्युचुल फन्डमा लगानी गर्नेहरुलाई चाँदीको सिक्का उपहारस्वरुप प्रदान गरिने योजना पनि ल्याएको छ।

यो उपहार योजनाको खर्च कम्पनीहरूले म्युचुअल फन्डको आम्दानीबाट नभएर कम्पनीको मार्केटिङ कस्टबाट व्यहोर्ने गरी ल्याएको बताएका छन । दसैंमा पनि सेवाग्राहीलाई लक्षित गरेर यस्तो योजना ल्याएका थिए। उनीहरूले धितोपत्र कारोबारको नियममै बसेर यस्तो योजना ल्याइरहेको दाबी गरेका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) स्रोतले धितोपत्र खरिदबिक्रीका लागि विज्ञापन तथा उपहार योजना ल्याउन नमिल्ने भए पनि मर्चेन्ट बैंकहरुलाई आफ्नो व्यापार विस्तारका लागि उपहार योजना ल्याउन कुनै रोक नभएको बतायो। तर यस्ता योजनामा मर्चेन्ट बैंकहरुबाट सञ्चालित म्युचुल फन्डको पैसा चलाउन पाइँदैन, उनीहरुले आफ्नै फन्ड खर्च गरेर योजना ल्याउन पाउँछन्।

अहिले केही मर्चेन्ट बैंकहरुले तिहार लक्षित योजनाहरु ल्याएका छन। सिबोनले ती मर्चेन्ट बैंकहरुसँग कुन हिसाबले यस्ता योजना ल्याइएको हो सोधीखोजी गरिरहेको छ।

यस्ता योजनामा गरिएको खर्च उनीहरुले पारदर्शी ढंगले आफ्नो वित्तीय विवरणमा सार्वजनिक गर्नुपर्छ। म्युचुअल फन्डको पैसा भने चलाउन पाउदैनन्।

 

prabhu mahalaxmi
kumari