stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकले ९८ शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ९ गतेका दिन सांग्रिला डेभलपमेन्ट बैंकले बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षेरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

वचतको महत्व सिकाउने, बैंकिङ्ग कारोवार सम्बन्धि जन चेतनामुलक सन्देश प्रदान गर्ने, बिद्युतिय माध्यम द्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्वन्धि जनचेतना सृजना गर्ने उद्देश्यका साथ विशेष गरी वैंकिङ्ग सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यस सम्वन्धि कार्यक्रम आयोजना गरिएको हो ।

देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग ६५००. जनाले उक्त कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

 

prabhu mahalaxmi
kumari