citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रञ्जित रे को पुस्तकले नेपालको सार्वभौमसत्ता माथि प्रहार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको छ। सोमबार सोल्टी होटलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा पुर्व राजदुत रे ले आफ्नो पुस्तक नेपालमा सार्वजनिक गर्दै पुस्तक लेखन वस्तुपरक र यथार्थपरक भएर सत्यतथ्य लेखेको बताएका थिए।

पुस्तकका बारेमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस्तकले माओवादीलाई भारतले संरक्षण दिएको,हातहतियार र तालिम दिएको र नेपालमा लडन पठाएको भ्रम तोडेको भनेर रे को पुस्तकको निकै प्रशंसा गरेका थिए।

रेको पुस्तकमा नेपालले भुटान जस्तै भारतसँग सम्बन्ध गास्नुपर्ने सुझाव दिइएको छ। भुटानले भारतसँग गरेको सन १९४९ को संन्धि र त्यसपछि भएको संशोधन सन्धिले भुटानको रक्षा, परराष्ट्र सम्बन्ध भारत दिल्लीले हेर्ने उल्लेख गरिएको छ।

रे ले पनि नेपालले भुटानको जस्तै गरि भारतसँग सम्बन्ध गास्दा नेपाललाई फाइदा हुन्छ भनेका छन। यसरी नेपाललाई भुटान बनाउने उद्धृत गरिएको उक्त पुस्तक नेपालमा सार्वजनिक हुन दिनु र पुस्तकका विषयमा सत्ताधारी दलको एक घटकका अध्यक्षको प्रमुख आतिथ्यमा पुस्तक माथि छलफल हुनु अत्यन्तै आपत्तिजनक कुरा हो। यसको हरेक नेपाली नागरिकहरूले शान्तिपूर्ण विरोध गर्नुपर्दछ।

रेले ‘काठमाडौं द्विविधामा छ’ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको छ। यो खेदजनक छ। यसको सबै दोष ठुला राजनीतिक दलका सत्तापक्ष,विपक्षी दलका नेतृत्व वर्गलाई जान्छ। उनीहरू भारतसँग लम्पसारवादमा गएको कारण नै भारतका पुर्व राजदुतले नेपाललाई भुटानझै बन्न सुझाव दिदै पुस्तक लेख्ने आँट गरेका हुन।

यो विषय किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको छ। पुस्तकमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीको द्वैध चरित्र पनि प्रष्ट पारिएको छ ।

नारायणकाजीले भारतीय राजदुतलाई लुकीलुकी भेटने र तात्कालिक गृह मन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीको आईजीपी नियुक्त गर्दा कसलाई गरौ भनेर भारतीय राजदुत रेलाई सोधेको र रेले पनि जो बरिस्ठ र कार्यसम्पादनमा उत्कृष्ट छ उसैलाई बढुवा गर्नु भनेर सुझाव दिएको लेखेका छन।

त्यस्तै आईजीपी हुने लाइनमा रहेका चार जना डिआईजीले पनि आफुलाई आईजीपी बनाउन दबाव दिन भारतीय राजदुत रेलाई भेटेको कुरा उल्लेख गरेर सुरक्षा निकायका अधिकारीहरूको भारत परस्त चरित्र पनि उदाङगो पारेका छन।

‘काठमाडौं द्विविधामा छ’ भन्ने पुस्तकको शीर्षक राखेर नेपालका नेताहरूको कुनै निर्णय गर्ने क्षमता छैन। निर्णय गर्नु अघि भारतलाई सोध्छन रभारतले जे सुझाव दिन्छ, नेपालका नेता र शासकहरूले त्यही गर्छन।

अनि भारतले सधै नेपालमा माइक्रोमेनेजमेन्ट गर्न खोज्यो भनेर भारतकै विरोध गर्छन भनेर पुस्तकमा लेखेका छन। यसको सबै दोष हाम्रा राजनीतिक नेताहरुलाई जान्छ। नेपाली जनता सबै मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध विस्तार गर्न चाहन्छन तर हाम्रा शासकहरु द्विविधामा भए,छन।

अनि भारत, चीन, बेलायत, अमेरिका जस्ता देशको लम्पसारवादमा विश्वास गर्छन व्यक्तिगत स्वार्थका लागि। नेपाल–भारत सम्बन्ध धर्म( संस्कृति, नागरिक तह, विवाह, रोजगारी, अर्थतन्त्र, स्वास्थ्य, शिक्ष, पुर्वाधार विकास, सैनिक सम्बन्ध आदि सबैसँग जोडिएको छ।

अर्को खुला सीमानाले अनेकौं अवसरसँगै शान्ति सुरक्षामा चुनौती थप्दै पनि आएको छ।जसकारण भारतले हामीलाई हेप्यो, किताबमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ, हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौ।

नेपाल सरकार यो किताव सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ। यो पुस्तकको हामीले शान्तिपूर्वक बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिको द्वैध चरित्र भने यथार्थ हो ।

नेपाललाई भुटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको छ। यस्तो पुस्तक नेपालीहरुले जलाउनु पर्दछ । नेपाललाई भुटान बन भन्ने पुस्तक नेपालका लागि यो भन्दा ठूलो अपमान अरु हुदैन। नेपालीहरु अब वीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको छ ।

नेपाललाई भुटान बनाएर भारतको अधीनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना मात्र हो। नेपाल सदियौं देखि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न थियो। भारत बेलायतको उपनिवेश हुँदा समेत नेपाल स्वतन्त्र थियो।

हामीलाई विश्व साम्राज्यवाद बेलायतले पनि जित्न सकेको थिएन। यस्तो अवस्थामा सरकारमा सहभागी र नेपालको मूलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको छ ।

उनी भारतको दलाल र एजेन्ट हुन भन्ने कुरा प्रष्ट भएको छ,जुन कुरा नेपाली जनताले बुझ्न आवश्यक छ र राष्ट्रवादी नेपाली जनताले बुझाउन पनि पर्दछ।

रे को पुस्तकमा नेपाललाई भुटान बनाउने कुरा लेखिएको छ, यो पुस्तक पठनयोग्य छैन, सबै नेपालीहरुले जलाउनुपर्छ, जसले भुटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन, नेपाललाई भुटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो, प्रचण्डको अध्यक्षतामा यो किताव लञ्च गरेर ताली बजाउनेहरु धिक्कार्नु पर्दछ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक(पटक एमसीसी पास हुन्छ भन्दैछन। यो मुलुकको सार्वभौमसत्तासँग जोडिएको राष्ट्रियहित र राष्ट्रिय सुरक्षासँग सम्बन्धित सार्वजनिक विषय पनि हो। यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने स्थिति छ ।

अब देशमा न्याय मर्न दिन हुदैन। अब फेरि मन र मुटुमा वीर गोर्खाली बन्नुपर्ने बेला आएको छ। हामी नेपाली अब के भुटान बन्ने कि स्वतन्त्र,सार्वभौमसत्ता सम्पन्न नेपाली बन्ने आम नेपालीले सोच्ने र निर्णय गर्ने बेला आयो। पुर्व राजा ज्ञानेन्द्र शाहले पनि यश विषयमा बोल्न पर्दछ।

के उनी भुटानी राजा भई बस्न तयार भएका हुन ? भारतसँग त्यही भित्रि सम्झौता गरेर भुटानी राजतन्त्रको मोडेल मान्न तयार भएर राजसंस्था सहितको प्रजातन्त्र र प्रजातन्त्र सहितको राजसंस्था भनेका हुन । यसमा उनले पनि मुख खोल्नै पर्दछ। पुर्व राजाले त्यो स्वीकार गरेका हुन भने नेपाली जनताले त्यसलाई मान्दैनन।

Open photo

himalayan life insurance
igi long