stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज विश्व खाद्य दिवस ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज असोज ३० गते शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस धुमधाम साथ मनाइँदैछ ।

खाद्यान्न संकट तथा भोकमरी विरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर यो दिवस मनाइदै आइएको छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि विश्व खाद्य दिवस मनाउन थालिएको हो । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी ३ खर्ब ७० अर्ब भन्दा बढी रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौं।

अझ पनि ६२ प्रतिशत नेपाली कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीति परम्परागत रहेको मान्न सकिन्छ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौं स्थानमा थियो । तर, अहिले नेपालले खर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दीको मुख्य चुनौतीको रूपमा लिइएको छ । जलवायु परिवर्तनकै कारण संसारका धेरैजसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै,लोप हुँदै गएको छ।

IME Lifesidebar
kumari