stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा, विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्था

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । सनराइज बैंकले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाता अनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जा समेत लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari