stcnepal long ad
ime life insurance
national life
global ime bank long

कात्तिक २३ गते कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा  हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा आगामी कार्तिक २३ गते गर्ने मिति तय गरेको छ। यश बैंकको सञ्चालक समितिको हिजो असोज २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको थियो।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्ने भएको छ। जसमा चुक्ता पुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँ बराबरको बोनस सेयर तथा बोनस सेयर कर प्रयोजनका लागि ०।९७ प्रतिशतका दरले हुन आउने रकम २ करोड ५७ लाख ४० हजार ४८.२० रुपैयाँ बराबरको नगद लाभांश छन्।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्वसाधरण सेयरधनीका तर्फबाट ३–३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले आगामी कात्तिक १० गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

prabhu mahalaxmi
kumari