stcnepal long ad
ime life insurance
national life
global ime bank long

दशैंमा पुर्व राजा ज्ञानेन्द्र शाहको सन्देश

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताएका छन्। मंगलबार दशैंको शुभकामना दिँदै उनले यस्तो बताएका छन्।

मुलुकको तत्कालीन परिस्थितिले वेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएपनि राजसंस्था र प्रजातन्त्र एक अर्का विना सान्दर्भिक हुन नसक्ने उनले भिडियो सन्देश मार्फत बताएका छन्।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई वेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएपनि प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध हामीले गरेका छौं’ उनले भनेका छन्, ‘प्रजातान्त्रिक, प्रगतिशील, या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएका छौं।’

पूर्वराजा शाहको शुभकामना सन्देश :

विजयादशमीको पावन अवसरमा हामी देशभित्र र बाहिर रहेबसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गर्दछु। हाम्रो समाज सनातनीक, आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर, हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन।

लोककल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता, र जनआकांक्षा पूर्तिको दीव्यमान्यतामा आधारित हुनुपर्ने हो। तर, राजनीतिक व्यवस्था आफु, आफ्नो समुह र त्यस भित्रको गुट उपगुटमा अल्झिएको छ। कोरोनाको महामारी अनि प्राकृतिक विपत्ति वेरोजगराी, महंगी र अस्थिरताको भुमरिमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहीतको अनुभूति गर्न पाइरहेका छन् तरु

कुनैपनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने गर्दछ। त्यसको प्रभाव जनतालाई आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ। दुर्भाग्यबस शिक्षा तथा स्वास्थको व्यापारीकरण, विकास निर्माणका कामको भष्टकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ।

त्यसैगरी सार्वभौमिकता राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने मौलिक धर्म संस्कृति संकटमा पार्ने राष्ट्रिय हीतमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो् मन पोलेको छ। हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ। राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन । त्यो हाम्रो मान्यता पनि होइन। न त परम्परा ।

शाह वशींय राजपद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनैपनि समस्याको सामाधान खोजेको छैन। खोज्दैन पनि । देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दव्रित भएपनि नामेट हुन सक्दैन। योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ। केही समययता जिम्मेवारु एवं देशभभक्त नागरिहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको मात्र नभई आम नेपालीमा राष्ट्रवादीको चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौं।

देशको तत्काली परिस्थितिले हामीलाई वेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएपनि प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने अवोध हामीले गरेका छौं। प्रजातान्त्रिक, प्रगतिशील, या अन्य जुनसुकै विचारप्रति आस्थावान भएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएका छौं।

अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट संकृण सोच राख्नु देश र जनताको हीतमा उपयुक्त अनुभुति हो भन्ने हाम्रो धारणा छ। देश भन्दा माथि हामी कोही पनि छैनौं। श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्रिय कर्तव्य निर्वाह गर्न सामथ्र्य प्रदान गरुन्। यही हाम्रो कामना छ। जय नेपाल

No description available.

prabhu mahalaxmi
kumari