citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंक २२ वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यसअघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई बैंकले दैनिक आकर्षक उपहारहरु पनि प्रदान गरिरहेको छ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंकबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्नेछन् ।

बैंकले २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गदैं आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

IME Life
kumari