citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साधना लघुवित्तले वार्षिक साधारण सभा कात्तिक १३ गते

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । साधारण सभामा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशतबोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।

यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ । कात्तिक २ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा  हुनेछ ।

himalayan life insurance
igi long