stcnepal long ad
ime life insurance
national life
global ime bank long

साधना लघुवित्तले वार्षिक साधारण सभा कात्तिक १३ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । साधारण सभामा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशतबोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।

यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ । कात्तिक २ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा  हुनेछ ।

IME Lifesidebar
kumari