citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 क्यालिफोर्निया र नेभाडामा तापक्रम अत्यधिक वृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम बढेको छ । अमेरिकी मौसम विभागका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेको हो ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार तापक्रम ५४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो । जसलाई पृथ्वीमा मापन भएको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

सन् १९१३ मा अधिकतम तापक्रम ५६ दशमलव ७ डिग्रीसेल्सियस मापन भएको बताइए पनि यसमा विज्ञहरुको एक मत छैन । उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ ।

क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ । ढडेलोको समस्या पनि उच्च बनेको छ । अमेरिकाका लाखौं मानिसहरू उच्च गर्मीको समाना गरिरहेका छन्।

अमेरिकी मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रशस्त पानी पिउन आग्रह गरेको छ । साथै, उनीहरूलाई घर भित्र रहन र एसी भएको भवनहरूमा बस्न सल्लाह दिइएको छ ।

himalayan life insurance
igi long