Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

civilbank long ad

काठमाडौँ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशन सहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

थापाले भन्नुभयो, “पुलको डिजाइन र निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीले नै गरेको हो । सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो खर्चमा क्षतिग्रस्त सो पुलको निर्माण गर्नुपर्ने हुन्छ ।

निर्माण कम्पनी उम्कन पाउँदैन । ” निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिनुभयो ।
सम्झौता अनुसार पुलमा पाँच वर्षसम्म कुनै समस्या भएमा निर्माण कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने हुन्छ । सो पुल निर्माणको जिम्मेवारी २०६८ सालमा पप्पु–लुम्बिनी बिल्डर्स (जेभी) ले पाएकोमा पछि पप्पुले सम्पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरी हात झिकेको थियो । ४७० मिटर लामो सो पुल ११ मिटर चौडा रहेको छ । पुलमा १२ वटा स्पान छन् ।


२७ असार २०७८, आइतवार ०८:०४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad