citizens life insurance long ad
stcnepal long ad

नागरिक लगानी कोषको २६ औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नागरिक लगानी कोषको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशतले हुन आउने २७ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८ दशमलव ८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितिका बाबजुद शेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइ साधारणसभा सम्पन्न गरिएको कोषले जनाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको जनाएको छ ।

 

IME Life
kumari