sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जडिबुटी देखि साँगासम्म ६४ वटा सिसिटिभि जडान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखि पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटा गरी कुल ६४ वटा सिसि क्यामरा जडान गरिएको छ ।

भक्तपुर सिसि क्यामरा जडान समितिको पहलमा सो सिसि क्यामरा जडान गरिएको हो । समितिले भक्तपुरका विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान र स्थानीय तहको आर्थिक सहयोगमा सो क्यामरा जडान गरिएको समितिका संयोजक एवम् भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

क्यामरा जडानका लागि सूर्यविनायक नगरपालिकाले १० लाख, प्राइम बैंकले ५ लाख र अन्य विभिन्न संघसंस्थाबाट गरी कुल ८१ लाख २ हजार आर्थिक संकलन भएको समितिका कोषाध्यक्ष नविन प्रजापतिले जानकारी दिनुभयो ।

श्रेष्ठले अरनिको राजमार्गको जडिबुटी मनोहरा पुल – साँगा खण्डको करिव १३ किलोमिटर खण्डमा सिसि क्यामरा जडान गर्न करिव ६३ लाख रुपैंया खर्च भएको बताउनुभयो । ‘सिसि क्यामरा लगायतका सामग्री खरिदमा रु. ५६ लाख ४७ हजार र अन्य प्राविधिक र विविध सामग्री खरिदमा करिव ६ लाख ५० हजार खर्च भएको छ,’ उहाँले भन्नुभयो, ‘संकलित रकम मध्ये वचत भएको १८ लाख ७२ हजार रुपैंया समितिको नामको बैंँक खातामा रहेको छ ।

’ उहाँले बाँकी रकमले भक्तपुरका व्यस्त र बढी भिडभाड हुने मुख्य चोकहरुमा थप सिसि क्यामरा जडान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

सो सिसि क्यामरा जडानको उद्घाटन गर्दै महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानले अपराध नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रहरी भित्रपनि केही खराव प्रवत्तिका मानिस हुन सक्ने भन्दै त्यस्तो पाएको खण्डमा खबर गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा प्रहरीका आचरण लगायतका धेरै विषयमा सुधार भएको छ । अझै केही त्यस्ता व्यक्ति हुन सक्छन । त्यस्तो पाईयो भने माथिल्लो निकायमा खबर गर्न आग्रह गदर्छु ।’ उहाँले प्रहरी संगठनभित्र हुने भ्रष्टाचारमा धेरै कमी आएको दावी पनि गर्नुभयो ।

भक्तपुर प्रहरीले शान्ति सुरक्षा, कोभिड नियन्त्रण र निषेधाज्ञा पालना गराउने सवालमा उत्कृष्ट कार्य गरेको भन्दै उहाँले यसको सही मुल्यांकन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकमा जडान गरिएका सिसि क्यामराले अपराध अनुसन्धानमा प्रहरीलाई सुक्ष्म तरिकाले अनुसन्धान गर्न र अपराधिक गतिविधि नियन्त्रणमा सहयोग हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले भक्तपुरको अर्को मुख्य सडक पेप्सीकोला मनोहरा पुलदेखी निकोशेरा हुँदैं कमलविनायक नगरकोट सडक, भक्तपुर प्रवेश गर्ने नाला, मुलपानी, बालकोटलगायतका नाकाहरु र जिल्लाका मुख्य मुख्य चोकहरुमा पनि सिसि क्यामरा जडान गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जडान गरिएका सिसि क्यामराको आवश्यक ममर्त सम्भारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले आफ्नो कार्यकालमा भक्तपुरमा अन्तिम कार्यक्रमको रुपमा सिसि क्यामरा जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले भक्तपुरमा आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्ने र कोरोना नियन्त्रण, निषेधाज्ञाको पालना गराउने कार्यमा प्रहरीले अहम् भूमिका निर्वाह गर्न सफल भएको दावी गर्नुभयो । उहाँ आफ्नो कार्यकाल पुरा गरी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा हुनुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनु भएका सिसि क्यामरा जडान समितिका संयोजक प्रदिप श्रेष्ठले भक्तपुरलाई शान्त र सुरक्षित जिल्ला बनाउने अभियानमा प्रहरी र नागरिकबीचको सहकार्यको रुपमा सिसि क्यामरा जडान अभियान शुरु गरेको जानकारी दिनुभयो ।

शुरुमा चार जनाबीचको छलफलबाट शुरु भएको अभियानका दर्जनौ सहयोगी संघसंस्थाहरु जोडिनु आएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जारी निषेधाज्ञामा निर्माण सामग्री ढुवानीका लागि तोकिएको समयावधी व्यवहारिक नभएको भन्दै सो समयसिमा बढाएर राती ८ बजेदेखि बिहान ६ बजेसम्म निर्धारण गरिदिन प्रशासनसँग आग्रह गर्नुभयो ।

सो अवसरमा सिसि क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने मनकारी दाताहरु, प्राविधिक कर्मचारीहरु, प्रहरी कर्मचारीहरु र समितिका पदाधिकारी तथा सदस्यहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

gold
kumari bank
nawakantipur long