citizens life insurance long ad
stcnepal long ad

क्यानडा पठाउने वाहनामा रकम ठगी अभियोगमा पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रजिनले सर्लाही लालबन्दी नगरपालिका–७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइ दिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका–२ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो ।

साथै प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनि प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको छ । प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

IME Life
kumari