citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शेयर बजारका लगानीकर्ताले करिब साढे २ खर्ब रुपैयाँ शुद्ध नाफा आर्जन गरे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा शेयर बजारका लगानीकर्ताले करिब साढे २ खर्ब रुपैयाँ शुद्ध नाफा आर्जन गरेका छन् । यो गत साउनदेखि जेठसम्म लगानीकर्ताले सेयर बिक्रीमार्फत हात पारेको शुद्ध नाफा (२ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ) हो । उक्त नाफाबाट लगानीकर्ताले औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरेका छन् ।

जसअन्तर्गत गत जेठसम्म करिब १२ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर तिरिएको देखिन्छ । करिब तीन दशकको पुँजी बजारको यात्रामा यसअघि एघार महिनामै पुँजीगत लाभकरमार्फत यति धेरै रकम सरकारलाई प्राप्त भएको थिएन ।

आर्थिक वर्ष २०७६/०७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ शुद्ध नाफा आर्जन गरेका थिए । सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नु पर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ ।

यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ पुँजीगत लाभकर विश्लेषण गरिएको हो ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले एक वर्षभन्दा बढी र कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि करको दर परिवर्तन गरेको छ । जसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा सेयर बजारबाट मात्र करिब १३ अर्ब ३३ करोड रुपैयाँ कर संकलन भएको छ । यो गत साउनदेखि जेठसम्म सेयर बजारका लगानीकर्ता तथा धितोपत्र व्यवसायीले पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत तिरेको कर हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा संकलन भएको कर करिब १३ गुणा बढी हो । गत आर्थिक वर्षमा सेयर बजारबाट १ अर्ब १७ करोड रुपैयाँ मात्र कर संकलन भएको थियो । आजको कान्तिपुर दैनिकबाट

himalayan life insurance
igi long