stcnepal long ad
global ime bank long

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ ।

विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो ।

गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो ।

सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुने बित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सुन तस्करीको अभियोगमा चैतको पहिलो साता पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अस्पतालमा राखेर नै थप अनुसन्धान गरियो ।

उहाँले आफू अस्वस्थ रहेको भनी अदालतसमक्ष निवेदन गरेकाले अदालतको आदेशमा नै प्रहरीले नर्भिक अस्पतालमा राखेर थप अनुसन्धान गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता तथा सांसद टोपबहादुर रायमाझी पनि पक्राउ परेपछि अस्पताल भर्ना हुनुभएको थियो ।

हालै अनेरास्ववियु स्थायी कमिटी सदस्य रश्मि बमलाई पनि पक्राउ पछि स्वास्थ्यको समस्या देखाउँदै अस्पताल भर्ना गरिएको थियो ।

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय हिरासतमा बस्नभन्दा पक्राउ हुनेबित्तिकै बिरामी भएको भन्दै अस्पतालमै उपचार गराउने प्रवृत्ति बढेकाले नेपाल मेडिकल काउन्सिलले त्यसको कार्यविधि बनाउने तयारी गरेको हो ।

पक्राउ परेका व्यक्ति हिरासतमा नबसी अस्पतालमा भर्ना हुँदा अनुसन्धानलाई प्रभावित पार्ने भएकाले मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि निर्माण गर्न लागेको हो ।

विभिन्न आरोप लागेका उच्च पदस्थ तथा अन्य व्यक्तिले हिरासतबाट उम्कन आफू बिरामी भएको बहाना बनाउँदै अस्पताल भर्ना हुने क्रम बढेकाले मेडिकल काउन्सिलले पक्राउपछि कस्ता व्यक्तिलाई अस्पताल भर्ना गराउनुपर्ने भन्ने विषयमा कार्यविधि तय गर्ने छ ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार तथा प्रवक्ता डा. सतिशकुमार देवले पक्राउ परेका व्यक्तिले हिरासत छल्न अस्पतालको सहारा लिइरहेको भन्दै कस्ता व्यक्तिलाई बिरामी मान्ने भन्ने विषयमा कार्यविधि बनाउन लागिएको बताउनुभयो ।

मेडिकल काउन्सिललाई पक्राउ परेका व्यक्तिले अस्पतालको सहारा लिन थालेपछि गृह मन्त्रालयले त्यससम्बन्धी कार्यविधि बनाउन काउन्सिललाई पत्राचार गरेको थियो । गृहको पत्राचारपछि काउन्सिलले कार्यविधि बनाउन लागेको हो ।

काउन्सिलका प्रवक्ता डा। देवले तत्काल पक्राउ परेको व्यक्ति बिरामी हो कि होइन रु भए कस्तो खालको बिरामी हो रु पक्राउ पर्नेबित्तिकै अस्पतालको आवश्यकता पर्छ कि पर्दैन रु भन्ने जस्ता विषयमा विस्तृत अध्ययन गरेर कार्यविधि बनाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका व्यक्तिका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनेबारे विभिन्न देशले गरेका कानुनी प्रबन्ध, बनाएका मापदण्ड र चिकित्सकीय आधार र संलग्नता छ या छैन भन्नेबारे अध्ययन गरी कार्यविधि बनाइने छ ।

यस्तै पक्राउ परेका व्यक्तिलाई चिकित्सकीय सेवा उपलब्ध गराउनेसम्बन्धी नेपालको विद्यमान कानुनी प्रबन्ध वा अभ्यासमा नेपाल मेडिकल काउन्सिलको संलग्नता र हालसम्म काउन्सिल सहभागी भएको घटनाको विवरण र ती घटनाको निष्कर्षसहितको अध्ययन हुने छ ।

उहाँले चिकित्सकीय सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचारसंहिता आकर्षित हुने या नहुने भन्ने विषयमा पनि कार्यविधिमा समेटिने जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari