stcnepal long ad
ime life insurance
national life
global ime bank long

मापदण्ड विपरित डिजेल र पेट्रोल वितरण ठगि आरोपमा लक्ष्मी जी ट्रेडस पेट्रोल पम्पलाई सिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लहान । मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ ।

गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको थियो । यसपछि सो टोलीले मेसिनलाई बन्द गरी सिल गरेको थियो ।

साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए । सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ । रासस

IME Lifesidebar
kumari