stcnepal long ad
global ime bank long

सगरमाथा इन्स्योरेन्सले ल्यायो ‘आरोग्य स्वास्थ्य बीमा योजना’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘आरोग्य स्वास्थ्य बीमा योजना’ ल्याएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज एक कार्यक्रमका बिच उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन ‘कभर’ हुने कार्यक्रममा कम्पनीले जनाएकोे छ ।

यस बीमा पोलिसी घर अफिस जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सजिलै खरिद गर्न सकिने कार्यक्रममा कम्पनीले जनाएको छ । न्युनतम शुल्कमा यस्तो पोलिसीको सुविधा लिन सकिने कम्पनीले जनाएकोे छ ।

यदि कुनै बीमितले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गरियो भने एक वर्षमा जम्मा १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपग्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार यदि बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरेको छ भने एक वर्षमा तीन हजार रुपैयाँ मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्ने बताएको छ । साथै बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा समाबेश गरेकोे छ ।

साथै कम्पनीले दाबी झुक्तानी प्रक्रियालाई सहज बनाउँदै बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिएको एक हप्तामै बीमा रकम दाबी गर्ने जनाएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले कम्पनीले ल्याएको पोलिसीको स्वागत गदै कार्यन्यनमा जोड दिएका छन्। साथै उनले कुनै पनि बीमा पोलिसी आम सर्वसाधारणको लागि फलदायी छ भने समितिले त्यसको स्वागत गर्ने बताए।

साथै कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सगरमाथा ईन्स्योरेसले समय परिस्थिती अनुसार पोलिसी ल्याएको भन्दै छिटो छरितो भुक्तानीमा ध्यान दिनु पर्ने बताए।

कार्यक्रममा समितिका निर्देशकहरु पुजन ढुङ्गेल, शुशिलदेव सुवेदी, दिनेश लाल कर्णको उपस्थिती थियो । त्यस्तै सगरमाथा इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष रामकृष्ण मानन्धर, लोक मान्य गोल्छा लगायत सबै सञ्चालकको उपस्थिती थियो ।

IME Lifesidebar
kumari