stcnepal long ad
global ime bank long

गलैंचाको ‘कलेक्टिभ ट्रेडमार्क’ ‘हिमालयन नेप्लिज कार्पेट’का नाममा निकासी हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विश्व बजारमा नेपाली गलैंचा अब एउटै ट्रेडमार्कबाट निकासी हुने भएका छन् । नेपालमा उत्पादित विश्वका विभिन्न मुलुकमा अब गलैंचा ‘हिमालयन नेप्लिज कार्पेट’का नाममा निकासी हुने भएको हो ।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको पहलमा तयार भएको यसको सामूहिक प्रतीक चिह्न ९कलेक्टिभ ट्रेडमार्क० को उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अनावरण गरेका छन् ।

निकासी व्यापारका लागि कलेक्टिभ ट्रेडमार्क प्रभावकारी मानिन्छ । यसअघि चिया, कफी, पश्मिना, हाते कागज, जडिबुटी लगायतका उत्पादनले कलेक्टिभ ट्रेडमार्क तयार गरी विभिन्न मुलुकमा दर्ता गरिसकेका छन् । नेपालबाट गलैंचा निकासी घट्दो क्रममा रहेकाले व्यवसायीले गुणस्तर कायम राख्दै निकासी वृद्धि गर्ने लक्ष्य सहित कलेक्टिभ ट्रेडमार्क लागू गरेका हुन् ।

संघका अध्यक्ष रामबहादुर गुरुङले विश्व बजारमा हातैले बुनेका नेपाली गलैंचाको माग उच्च रहे पनि छिमेकी मुलुकले नेपाली उत्पादन भन्दै आफ्ना गुणस्तरहीन गलैंचा बिक्री गरिरहेकाले त्यसलाई रोक्न कलेक्टिभ ट्रेडमार्कको अभ्यास गर्न लागिएको जनकारी दिए ।

“हामीले गलैंचाको निकासी बढाउन संगठित र व्यवस्थित अभ्यास गर्न खोजेका हौं,” अध्यक्ष गुरुङ भन्छन्, “कलेक्टिभ ट्रेडमार्कमा गइसकेपछि हामीले गुणस्तर कायम गर्दै अघि बढ्नुपर्ने चुनौती पनि उत्तिकै छ ।”

नेपालबाट दुई दशकअघि वार्षिक ३३ लाख वर्गमिटर गलैंचा निकासी हुने गरे पनि हाल भने वार्षिक सात लाख वर्गमिटरमा सीमित छ । निकासीको सम्भावना उच्च रहे पनि कच्चा पदार्थको उपलब्धता, श्रम बजार महँगो हुनु तथा विदेशी उत्पादनसँग प्रतिस्पर्धाजस्ता कारणले निकासीमा समस्या रहेको व्यवसायीहरु बताउँछन् ।

वाणिज्यमन्त्री भट्ट कलेक्टिभ ट्रेडमार्कले गलैंचा निकासी वृद्धि हुने सम्भावना रहे पनि उत्पादनको गुणस्तरमा ध्यान नदिए मुलुककै प्रतिष्ठा खस्कने बताउँछन् । नेपाली गलैंचाको प्रतिष्ठा अहिलेसम्म उच्च रहेको उल्लेख गर्दै मन्त्री भट्ट यसको निकासी वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विश्व बजारमा नेपाली गलैंचाले यसअघि नै निकासीको रेकर्ड राखिसकेको उल्लेख गर्दै कलेक्टिभ ट्रेडमार्कले पहिलेकै अवस्थामा फर्काउन मदत पुग्ने बताउँछन् ।आजको कारोबार दैनिकबाट

IME Lifesidebar
kumari