stcnepal long ad
ime life insurance
national life
global ime bank long

जापानले १० लाख टन फोहोर पानी समुद्रमा छोड्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ । फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी समुद्रमा छोड्न लागेको हो ।

आवश्यक मापदण्डको पूर्ण पालना गरी पानी समुद्रमा छाडिने अधिकारीहरूले जनाएका छन् । टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यो निर्णय गरेको हो । टोकियो ओलम्पिकका केही खेलहरु फुकुसिमामा हुनेछ ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक प्लान्टमा ठूलो क्षति भएको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको बताईएको छ ।

IME Lifesidebar
kumari