४५ वर्षमाथिका व्यक्तिलाई मात्रै खोप लगाउने भारतको तयारी
An Israeli medical worker holds a coronavirus disease (COVID-19) vaccination, at Tel Aviv Sourasky Medical Center (Ichilov), on December 20, 2020. Photo by Miriam Alster/Flash90 *** Local Caption *** בישראל נגד נגיף
הקורונה
קורונה
חיסון
תל השומר
איכילוב *** Local Caption *** בישראל נגד נגיף
הקורונה
קורונה
חיסון
תל השומר
איכילוב
एजेन्सी । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र प्रदेशहरूमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्नेहरुलाई खोप लगाउन दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
मानिसहरुले अनुचित रुपमा लाभग्राहीको सूचीमा नाम दर्ता गराएको भन्दै तत्कालका लागि खोप दर्ता नगराउन निर्देशन दिएको हो । अब ४५ वर्षमाथिका व्यक्तिहरुलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाइने भारतको केन्द्रीय सरकारले जनाएको छ ।
पहिले नै लाभग्राहीको सूचीमा दर्ता भइसकेका स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्नेहरुलाई भने खोप लगाउन आग्रह गरिएको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले जानकारी दिनुभयो ।
यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टा झण्डै ९३ हजार कोरोना सङ्क्रमित थपिएका हुन् ।
योसँगै जम्मा कोरोना सङ्क्रमितको संख्या १ करोड २४ लाख ८४ हजार पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१४ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ६ सय ५५ पुगेको छ।

























