stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाद्वारा ३५ वर्षअघि चोरिएको मूर्ति नेपाललाई हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकाले ३६ वर्षअघि ललिपुरको पाटनबाट चोरिएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति भेट्टाएपछि नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका नेपाली राजदुत खतिवडाले नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा उपसहायक निर्देशक तिमोथीमार्फत अमेरिकी सरकारलाई विशेष धन्यवाद दिएका छन् । सांस्कृति सम्पदाको संरक्षणमा दुई देशबीच भएको सहकार्यलाई राजदूत खतिवडाले खुलेरै प्रशंसा गरे ।

यसैगरी ३६ वर्षपछि चोरी भएको प्राचिन मूर्ति फिर्ताका लागि पहल गर्ने, सञ्चारमाध्यम, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलगायत सबैलाई राजदूत खतिवडाले धन्यवाद व्यक्त गरेका छन्।

सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको यो मूर्ति अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको थियो ।

साथै, उक्त मूर्ति नेपालबाट चोरिएको भन्ने थाहा भएसँगै डल्लास म्युजियमले गत नोभेम्बर ३० मा मूर्ति एफबीआईलाई हस्तान्तरण गरेको हो ।

आर्थिक संकटका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै रहेको थियो । तर, प्राचिन मूर्तिलाई जति खर्च लागे पनि ल्याउने चाँजोपाँजो ललितपुर महानगरपालिकाले मिलाउने घोषणा गरिसकेको छ । साथै, महानगरपालिकाले ल्याइने मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत भइसकेको छ ।

१२औं शताब्दीमा बनाइएको भनिएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्ण (नारायण ) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति रहेको जनाइएको छ । त्यस्तै, पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari