citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेन्ट बैंकको बन्डमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री खुला गरेको बन्डमा आवेदन दिने आज आइतबार (फागुन २ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ १६ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४० लाख इकाई बन्ड बिक्री खुला गरेको हो ।

यसमध्ये १६ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यसमा वार्षिक ८.५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८४’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ ।

यसमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘(इक्रा एनपी–आइआर)–ए’ रेटिङ दिएको छ । यस रेटिङले बैंकलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पयाप्त सुरक्षा रहेको जनाउँछ । यसमा न्यून कर्जा जोखिम रहेको छ ।

IME Life
kumari