एलआइसी नेपालले ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ नाफा कमाए
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५०.५२% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले ७ करोड ६८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा इन्सुरेन्सको खुद बिमा शुल्क र बिमा कोषको आकार बढेकाले पनि खुद नाफा वृद्धिमा सहयोग पुगेको हो ।
खुद बिमा शुल्क २४.९२% ले बढेर ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, जीवन बिमा कोष पनि २१.५१% ले बढेर ७४ अर्ब २४ करोड ४९ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा ६१ अर्ब ९ करोड ७१ लाख ७७ हजार रुपैयाँ थियो ।
पुस मसान्तसम्ममा एलआइसीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ छ । हालसम्म कम्पनीले कुल ४ अर्ब ५३ करोड ७० लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम २२ करोड ६१ लाख ९४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा छ ।























