citizens life insurance long ad
stcnepal long ad

एकता पहलको अनिवार्यता

Nimb long ad
Prabhu Insurance Long Ad

 

–विकास गिरी
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य छ भन्दा अतियुक्ति नहोला ।

मूलतः नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको चक्कीमा संविधान पिसिन पुगेको हो भन्नेमा कसैको पनि दुईमत नहोला तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको नाताले बढी दोष प्रधानमन्त्री ओलीमाथि नै जान्छ ।

भलै प्रधानमन्त्री ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिन बाध्य एवं विवश तुल्याउन दाहाल–नेपाल गठबन्धनको भूमिका पनि किन नहोस् । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको बाध्यकारी कदम हुन सक्ला तर सिधासिधा हेर्दा यो कदम संविधानको मर्मविपरीत कार्य हो भन्नेमा विमति राख्नुपर्ने ठाउँ भने देखिन्न ।

यस परिघटनाले करिब ३ वर्षअघि एकता भएको दुई कम्युनिस्ट पार्टी मिलेर विशाल कम्युनिस्ट पार्टी निर्माणको आकांक्षा भने धराशाही ह“ुदै गएको कुरा पनि घाम जत्तिकै छर्लंग छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशक लामो ऐतिहासिक विकास क्रममा यसले विभिन्न आरोहअवरोह पार गर्दै नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ तापनि राजनीतिक लक्ष्य एउटै भए तापनि कार्यशैली, कार्यदिशा, सैद्धान्तिक बुझाई राजनीतिक कार्यक्रमका अतिरिक्त नेताको व्यक्तिगत स्वार्थ र अहंकारले कम्युनिस्ट पार्टी टुट र फुटको अनेक शृंखला गुजारेर आएको तथ्य पनि हामी सबैलाई सर्वविदितै भएको कुरा हो ।

नेपाली जनताको कम्युनिस्ट पार्टी र विचारलाई अत्यधिक समर्थन र सम्मान रह“दा रह“दै पनि कम्युनिस्ट पार्टीका नाममा गठन भएका दर्जनौं पार्टीमा त्यो जनसमर्थन र अभिमत विभक्त हुँदा थोरै जनमत भएका अन्य राजनीतिक दलले बहुमत प्राप्त गर्ने र सत्ताको बागडोर सम्हाल्ने परिस्थितिमा देश फेरि पनि रुमल्लिन बाध्य हु“दै छ भन्दा अतियुक्ति नहोला ।

यो तीतो यथार्थ र पीडादायी क्षण परिवर्तनकामी जनताको कारणले सिर्जना भएको होइन, यो त यहाँका कम्युनिस्ट पार्टीका नेताले वस्तुस्थितिको सामयिक र ऐतिहासिक मूल्यांकन गर्न नसक्दा उत्पन्न भएको अस्वाभाविक विषम परिस्थिति हो भन्दा फरक नपर्ला ।

नेपालको राजनीतिक, प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीले महत्वपूर्ण भूमिका खेल्दै पछिल्लो गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरे, जसका कारण करिब २४० वर्षे राजतन्त्र अन्त्य भयो र जनताका छोराछोरी राष्ट्र प्रमुख हुने गणतान्त्रिक व्यवस्था निर्माण भयो ।

तर यो व्यवस्था कतिको जनताको तहमा पुग्यो रु प्रश्न उठ्न थालेको छ, जुन स्वाभाविक पनि हो । यस व्यवस्थालाई अझ उन्नत, समृद्ध र सशक्त बनाउन बलियो कम्युनिस्ट पार्टीको आवश्यकता थियो । तर एकता भएको तीन वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ ।

वास्तवमा घरेलु र बाह्य शक्तिहरू पनि यो नेपाल कम्युनिस्ट पार्टीको एकतालाई मजबुत हुन नदिन प्रत्यक्ष वा परोक्ष अनेक प्रपञ्च चलाइरहेका थिए । शीर्ष नेताको आआफ्नो निजी राजनीतिक तथा आर्थिक स्वार्थले कृत्रिम विरोधाभास सिर्जना गरायो र त्यही अन्तर्विरोधको व्यवस्थापन गर्न नसक्दा एक अर्कोमाथि अनेक टीका टिप्पणी र लाञ्छाना लगाउँदै गर्दा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्रीले सोही आवेगमा संसद् विघटन गर्ने तिक्तापूर्ण अवस्था निर्माण भएको थियो ।

गत निर्वाचनमा करिब दुई तिहाइ मतसहित नेकपा एकताको प्रस्ताव अपार जनसमर्थनसहित अनुमोदित भएको यो पार्टीको एकता अमुक–अमुक नेताहरूले मात्र गरेको हो भन्ने बुझाइ नितान्त गलत हो ।

एकताको चाहना प्रत्यक्ष वा परोक्ष रूपमा आमजनताको राजनीतिक स्थिरता प्राप्त गर्ने चाहना र नेकपाका इमानदार कार्यकर्ताको लगावले पनि सम्भव भएको थियो तसर्थ पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्नेमा ।

पार्टीको जीवनमा विभाजनको रेखा कोरिने दुर्भाग्यपूर्ण अवस्था निर्माण भएको छ र पार्टी एकताको शैशवकालमै चार वर्ष नपुग्दै जनसमर्थनको डोरी एकातिर र पार्टीको चंगा अर्कोतिर हुने दुःखद परिस्थिति सिर्जना भएको छ ।

पार्टी एकता गम्भीर संकटमा पुगेर विघटनको अन्तिम अवस्थामा पुगेको छ । केही कानुनी र संवैधानिक प्रावधान र अन्तिम अवस्थामा जनतासामु जा“दा के बनेर जाने भन्ने विषयले मात्र दुवै पक्ष पार्टी विघटनको घोषणा गर्न हिचकिचाइरहेका छन् ।

तर यो परिस्थिति कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेद र विरोधाभासले उत्पन्न भएको होइन भन्ने सबैले बुझेका छन् । पार्टीका शीर्ष नेताहरूको स्वार्थ, आपसी असझदारी, अन्तरविरोध र अहंले मात्र यो अवस्था सिर्जना भएको हो । पार्टी र सरकारबीचको असमझदारीले यो अवस्था आएको छ ।

 

IME Life
kumari