citizens life insurance long ad
stcnepal long ad

सिरी ‘ए’ : युभेन्टसमाथि इन्टर मिलानको सहज जित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इटालियन सिरी ए लिग फुटबलमा साबिक च्याम्पियन युभेन्टस इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्टस इन्टर मिलानसँग २–० गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानलाई सहज जित दिलाउनको लागि अर्टुरो भिडाल र निकोलो बारेल्लाले समान एकरएक गोल गरे ।

खेलको १२ औँ मिनेटमा भिडालको गोलमा इन्टर मिलानले अग्रता लिएको थियो । खेलेको ५२ औँ मिनेटमा बारेल्लाले गोल गर्दै अग्रता दोब्बर बनाए । युभेन्टसले गोल गर्ने केही अवसर पाए पनि गोल गर्न भने सकेन ।

यो जितसँगै इन्टर मिलान उपाधि होडमा एक खेल कम खेलेका एसी मिलानसँगै बराबरीमा बनाएको छ । इन्टर मिलानले १८ खेलबाट ४० अंक जोड्दै लिगको दोस्रो स्थानमा छ ।यता १७ खेल खेलको एसी मिलान ४० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजित युभेन्टसले भने १७ खेलबाट ३३ अंकसहित लिगको पाचौँ नम्बरमा रहेको छ ।

IME Life
kumari